अपांगता
परिचयपत्र माग्दै अपांगता भएकाहरूले दिएको निवेदन एक वर्षसम्म नगरपालिकामै थन्कियाे
मुगु, १९ पुस । छायाँनाथ रारा नगरपालिकाका अपांगता भएकाहरूले परिचयपत्र बनाइ दिन माग गर्दै एक वर्षअघि दिएकाे निवेदनमाथि अझैसम्म सुनुवाइ भएकाे छैन । उनीहरूले परिचयपत्र अभावमा राज्यबाट पाउने सुविधाहरूबाट बन्चित हुनु परेकाे भन्दै आव २०७७/०७८ मै परिचयपत्नका लागि निवेदन दिएकाे बताएका छन् । ११२ जनाले निवेदन दिए पनि नगरपालिकाले सामान्य छनबिन समेत सुरू नगरेकाे उनीहरूकाे दुखेसाे छ । छाँयानाथ रारा नगरपालिका-१२ बालचौरका रत्नबहादुर बिककाे बाल्याकालदेखि नै दुबै हात चल्दैन । उनलाई बोल्न पनि समस्या छ ।...