अमेरिकी राष्ट्रपति जो बाइडेन
अमेरिकाले युक्रेनको पक्षमा लड्यो भने ‘तेस्रो विश्वयुद्ध’ हुन्छ : बाइडेन
काठमाडौं, २८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले आफ्नो सेनाले युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुनेछ । अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बाइडेनको चेतावनी छ । त्यसैले अमेरिकाले रुस–युक्रेन युद्धमा हस्तक्षेप नगर्ने उनको भनाइ छ । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । तर...