अर्थमन्त्री जनादर्न शर्मा
प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल
काठमाडौं, २ पुस । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिएका छन् । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार अर्थ मन्त्रालयले २२ असोजमा ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८’ पनि लागू गर्यो । मापदण्डमा प्रथम त्रैमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत...