आँखा शिविर
गैँडाकोट नगरपालिकामा भोलि र पर्सि निशुल्क आँखा शिविर सञ्चालन हुने
गैँडाकोट, ८ फागुन । गैँडाकोट नगरपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गैँडाकोट स्वास्थ्य शाखाका अनुसार शिविर यहि फागुन ९ र १० गते हुन लागेको हो । गैँडाकोट नगरपालिकाको आर्थिक सहयोग र नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने गैँडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको रोग पालेर बसेका अति विपन्नहरुलाई राहत होस् भन्ने उद्धेश्यले शिविर...