उपचार
अस्वस्थ खानपानले बढ्दै हृदयाघात
काठमाडौँ, २ चैत । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको सहिद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताउनुभयो । घरभन्दा बाहिरको अस्वस्थ...