एमसीसी
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकार्न नसकिने बताएका छन् । दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया तत्कालका लागि रोक्न आग्रह गरेका थिए । अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया रोक्न...
काठमाडौं, १२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेकपा एस र जसपाका नेताहरूसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो । ...
काठमाडौंँ, ६ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न नसकेको हो । गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई एमसीसीबारे पार्टीको धारणा स्पष्ट पार्न टेलिफोन मार्फत आग्रह गरेका छन् । एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज...