एमाले

एमाले गण्डकीले टुंगो लगायो ११ जिल्ला २९ पालिकाका उम्मेदवार

पोखरा, १० वैशाख । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो । तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश आएका ११ जिल्लाका २९ पालिकाका उम्मेदवारलाई टुंगो लगाएको उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले...

गैँडाकोट-४ को वडाध्यक्षमा दिनेशराज न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

गैँडाकोट, २८ चैत । नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नम्वर ४ को वडाध्यक्षमा दिनेशराज न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आफ्नो वडामा रहेको विशेष गरेर भलको समस्या, ढलको समस्या र पानीको समस्यालाई समाधान गरी वडामा आमुल परिवर्तन ल्याउने उद्धेश्यले वडाध्यक्षमा आफुले उम्मेदवारी दिने निर्णय गरेको दिनेशराज न्यौपानेले बताउनुभयो । न्यौपानेले विगत ५ वर्ष अगाडिदेखी आफ्नो व्यवसायलाई पुर्णरुपमा छोडी पार्टीको लागि काम गर्दै आउनुभएको थियो । युवाले नै देश र...

एमाले प्रवेश गरेको एकदिन नबित्दै माओवादीमै फर्किए पित्तबहादुर

धादिङ, २२ चैत । सोमबार मात्र नेकपा एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी पार्टी परित्याग गरेर ओलीबाट टिका लगाउँदै एमाले प्रवेश गरेका थिए । तर, उनी आजै पुनः माओवादी केन्द्रमै फर्किएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा...

कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीकाे दाबी

काठमाडौं, ५ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ६० वर्ष...

नेपालको ‘राजनीति दुई ध्रुवमा विभाजन’: नेता ढकाल

काठमाडौं, ५ चैत ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताउनुभयो । उहाँले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भन्नुभयो, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय...

कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न : प्रचण्ड

बुटवल, ३ चैत । बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् । बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’ केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भनेर...

३६ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व, कहाँ काे अध्यक्ष ?

काठमाडौं, २६ पुस । नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके  मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ । कुन जिल्लामा काे अध्यक्ष ? १. झापा- दीपक कार्की २. पाल्पा-धनेन्द्रराज घिमिरे ३. दाङ-हुकुमबहादुर बस्नेत ४. डोल्पा-शेरबहादुर बुढा ५. सल्यान- गोविन्द पुन ६. बर्दिया-लालबहादुर श्रेष्ठ ७. बॉके-किस्मतकुमार कक्षपति ८. धादिङ-भूमि त्रिपाठी ९. अर्घाखाची-पीताम्बर भुसाल १०. मोरङ-ऋषिकेश पोखरेल ११. काभ्रे-अशोक ब्याञ्जु १२. भक्तपुर-बचन देउजा १३. गुल्मी-बालसिंह काउछा १४. खोटाङ-रामप्रसाद दंगाल १५.सप्तरी-ताराकान्त चौधरी १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ १७. धनकुटा-इन्द्रमणि...

२२ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन [सूचिसहित]

काठमाडौं, २५ पुस । नेकपा एमालेको शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । जसमा हालसम्म २२ जिल्लामा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत चुनिएका छन् भने अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । यी हुन् हालसम्म चयन भएका एमाले जिल्ला कमिटी अध्यक्षः- झापा- दीपक कार्की मोरङ- ऋषिकेश पोखरेल खोटाङ – रामप्रसाद दंगाल धनकुटा – इन्द्रमणि पराजुली सप्तरी- ताराकान्त चौधरी धादिङ- भूमी त्रिपाठी काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु भक्तपुर- बचन देउजा रसुवा- कर्णेल तामाङ गोरखा- प्रेम गुरुङ तनहुँ- श्रीप्रसाद श्रेष्ठ पाल्पा- धनेन्द्रराज घिमिरे गुल्मी- बालकृष्ण काउछा मगर अर्घाखाँची-...

प्रदेश २ मा एक सयभन्दा बढी जनप्रतिनिधिले माओवादी परित्याग गरेर एमाले प्रवेश गरे

रौतहट, १५ पुस । प्रदेश २ मा सत्तासाझेदार नेकपा माओवादी केन्द्र परित्याग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । साविक नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजिसकेका छन् । एमाले स्थायी कमिटीका सदस्य प्रभु साहका अनुसार स्थानीय तहका मेयर तथा अध्यक्ष सात जना, उपमेयर तथा उपाध्यक्ष १० जनाले एमाले रोजेका छन...

एमाले फुटाउने दाउपेचमा कांग्रेस र माओवादी केन्द्र,नेपाललाई प्रधानमन्त्री सम्मको आश्वासन

काठमाडौं,३ असार । कांग्रेस तथा नेकपा माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्ष त माधव नेपाललाई रातोदिन ‘पुस’ गर्नेमै व्यस्त देखिन्छन् । केही दिनअघि सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको क्यान्टिनमा एमालेनेता तथा निवर्तमान सांसद सोमनाथ पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान संघले विदेशी कम्युनिष्ट पार्टीका भातृ संगठनहरूको सहकार्यमा कृषि तथा कृषि मजदुरहरूका लागि पनि काम गर्ने भएकाले त्यहाँका कम्युनिष्ट पार्टी...

Not Found