कांगेस
कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न : प्रचण्ड
बुटवल, ३ चैत । बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् । बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’ केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भनेर...