कृषि अनुदान
गोदावरीका नगरपालिकाको कृषि अनुदान : किसानको गुनासै गुनासो
ललितपुर, ३ पुस । गोदावरी नगरपालिकासँग स्थानीय किसानको गुनासो नै गुनासो रहेको पाएको छ । चापागाउँमा आयोजित स्थानीय जनप्रतिनिधिसँग कृषकका कुरा कार्यक्रममा किसानहरुले मेयर जगेन्द्र महर्जनसँग दर्जनौं गुनासा सुनाए । ललितपुर लेलेका किसान रामकृष्ण श्रेष्ठले आफूले नगरपालिकाले वितरण गर्ने बिउ मल र कृषि औजारजस्ता समाग्री नपाएको दुखेसो पोखे । उनले किसानले फम दर्ता नगरि अनुदान नपाउने अनुदान पाउनकै लागि धेरै पैसा खर्च गर्ने किसानसँग पैसा नभएको भन्दै समस्या राखेका थिए । छम्पीका...