कृष्णचन्द्र नेपाली पोखरेल
काठमाडौं, २८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताएका छन्। व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्धारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिनु सकारात्मक पक्ष भएको उनले बताए ।...
पोखरा, असार ४ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्। यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। यसअघि अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मत...