केपी शर्मा ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेका बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् । त्यस्तै उनले भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो...
काठमाडौं, २७ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए । अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढाल्ने काम भएका उनको जिकिर थियो । ...
बुटवल, ६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने भएका हुन् । ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए । अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए । कपिलवस्तुको कार्यक्रमलाई सम्बाेधन गरेपछि उनी काठमाडौं फर्किने बताइएको छ...