क्रिकेट
विश्वकप लिग-२: पपुवा न्युगिनीविरूद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडाैँ, २ चैत । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ। युएईको शारजाहमा नेपाली समयअनुसार अहिले सवा ११ बजे सुरु हुने खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ। नेपाली टिम सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी। मंगलबारबाट सुरु भएको नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक सिरिजमा...