खोप
काठमाडौं, २७ माघ । विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको युरोपेली स्वास्थ्य आयुक्तले दाबी गरेका छन् । स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सका अनुसार विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस गर्नुपर्ने बताएको समाचार संस्था एएनआईले जनाएको छ । उनले कोरोनाविरुद्धको खोपको लागि अझै विश्वव्यापी अभियान जरुरी रहेको पनि बताएका छन् । युरोपेली युनियनले विश्वभरका एक सय...
सिड्नी, २६ पुस । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो । बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका...
जुम्ला, १८ पुस । जुम्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार नाघेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म ५० हजार जनाले पहिलो डोज खोप लागाइसकेका छन् । कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप लागाउने काम नियमित चलिरहेकै छ । उनले भने, ‘अहिलेसम्म ५० हजार नौ सय ८५ जनाले पहिलो डोज खोप लागाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लागाउने भने ३३ हजार ६...