गलकोट
चक्लाबन्दीले निलुवाको सौन्दर्य गुम्ने डर
बागलुङ, २ चैत । खरका गोठ, मिलेका गरा, चौपायालाई चरन र वरिपरि वन । निलुवा टेक्दानटेक्दै आँखामा ठोक्किहाल्ने दृश्य हुन्, यी । यिनलाई झिकिदिने हो भने निलुवाको चिनारी अपूरो हुन जान्छ । मनोरम भूबनोट, लेकाली हावापानी र ग्रामीण जनजीवन त्यसका प्राण हुन् । प्रकृतिले सिङ्गारेको उपत्यका हो, निलुवा । गलकोट नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्यस्थल निलुवामा हालै जग्गा चक्लाबन्दी कार्यक्रम सुरु गरिएपछि त्यहाँको मौलिक स्वरुपलाई लिएर चिन्ता व्यक्त भइरहेका छन् ।...