गैँडाकोट नगर अस्पताल
गैँडाकोट नगर अस्पतालमा अन्तरङ्ग सेवा एवं एम्बुलेन्स सेवाको शुभारम्भ
गैँडाकोट, २७ फागुन । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाको नगर अस्पतालमा अन्तरङ्ग सेवा एवं एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । नगरपालिकाको वडा नम्वर ११ स्थित पितौजीमा रहेको स्वास्थ्य चौकीलाई नै स्तरोन्तती गर्दै गतवर्ष नगर अस्पतालको रुपमा सञ्चालन गरिएको थियो । चौबीसै घण्टा आकस्मिक सेवा सहित, प्रसूति सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा सहित जनस्वास्थ्यका सेवाहरु प्रदान गर्दै आइरहेको उक्त अस्पतालमा शुक्रबारदेखी अन्तरङ्ग सेवाको शुभारम्भ गरिएको हो । साथै वैदेशिक रोजगारमा रहेका युवाहरुको...