गैँडा
नवलपुर, १५ फागुन । सडक विस्तार गर्ने क्रममा चितवनको भरतपुरमा खनिएको खाल्डोमा परेर एकसिंगे गैंडा मरेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका कार्यान्वयनमा ल्याउन सरकार कस्सिएको छ । मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा हालै दुई पटक छलफलपछि निर्देशिका कार्यान्वयनमा ल्याउन लागिएको हो । वन तथा वातावरण मन्त्रालयले सडक, रेल, जलविद्युत्को बाँध, ग्यास पाइपलाइन, सिँचाइ, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध तथा तटबन्धजस्ता ठूला संरचना बनाउँदा अनिवार्य रूपमा वन्यजन्तुमैत्री हुनुपर्ने व्यवस्थासहितको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८’ को मस्यौदा गत...
चितवन, २ माघ । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा...
चितवन, २७ पुस । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका जानकारी...