चितवन
चितवन, ९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७...
चितवन, ३ चैत । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र (एस्क्पो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा...
चितवन, २ चैत । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा (एमाले) चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ । फागुन २१...
चितवन, ५ असार । पछिल्लो २४ घण्टामा चितवनमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्य भरतपुर महानगरपालिकाका ४० जना, खैरहनी नगरपालिकाका ४ जना, माडीका २ जना, रत्ननगरका २ जना, राप्तीका ३ जना र कालिका नगरपालिकाको ३ जना रहेका छन् । त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये भरतपुर अस्पतालमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । यो सँगै...