चैतेधान रोपाइँ
नवलपुरमा चैतेधान रोपाइँ शुरु
नवलपुर, १० फागुन । नवलपरासी –बर्दघाट–सुस्तापूर्व)मा चैतेधान रोपाइँ शुरु भएको छ । जिल्लाको धान ब्लक कार्यक्रम लागू भएको स्थानमा चैतेधान रोपाइँ शुरु गरिएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं वागवानी विकास अधिकृत शङ्कर पौडेलले धान ब्लक क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारी धान ब्लकमा चैतेधान रोपाइँ शुरु भएको बताउनुभयो । चैतेधानको उत्पादन वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्रले ब्लक क्षेत्र लागू गर्दै कृषकलाई अनुदान वितरण गर्दै आइरहेको छ...