जन्म दिवस
वागीश्वरीमा राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवस मनाइयो
चितवन, १७ फागुन । चितवनको भरतपुर–१ वागीश्वरीमा रहेको श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवस मनाइएको छ । उहाँ पुरातत्वविद्, धर्मशास्त्रचार्य, इतिहास लेखक, थुप्रै भाषाका ज्ञाता तथा आध्यात्मिक हुनुहुन्थ्यो । योगीको जन्म दिवसको अवसरमा विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले राष्ट्र गुरु योगी नरहरिनाथको विषयमा चर्चा गर्नुभएको थियो । राष्ट्र गुरु वैदिक सनातन धर्म र संस्कृतिको रक्षाका लागि अहोरात्र खटिनुभएको भए पनि...