टोल विकास समिति
ओमशान्ति मार्ग टोल विकास समितिको अध्यक्षमा पौडेल
गैँडाकोट, १ फागुन । गैँडाकोट नगरपालिका ५ मा रहेको ओम शांति मार्ग टोल विकास समितिको नवौ वार्षिक साधारण सभा र छैटौ अधिवेशन सम्पन्न भएको छ। समितीको अधिवेशनले केशव पौडेलको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको हो । जसमा समितिको उपाध्यक्षमा सम्झना काफ्ले, सचिवमा श्यामसुन्दर लामिछाने, कोषध्यक्षमा यमलाल कंडेल र सहसचिवमा टुका चालिसे चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यमा टिका पौडेल, दयाराम सापकोटा, कविता वरुवाल, सिता सिग्देल, तिला चालिसे र कमल...