देवघाट
नवलपुर, १७ फागुन । तनहुँको देवघाट गाउँपालिका–५ मा पर्ने दासढुंगा कालिमाटीमा मुक्तिनाथ मन्दिरको शिलान्यास गरिएको छ । कालिमाटीमा ज्येष्ठ नागरिक सेवा आश्रम सञ्चालन गर्ने तयारीमा रहेको श्री जगन्नाथ शान्ति कुञ्जले मुक्तिनाथबाट जल ल्याएर यहाँ पनि मुक्तिनाथ मन्दिर निर्माणको काम शुरु गरेको हो । कुञ्जका अध्यक्ष शैलेन्द्र पियाका अनुसार मुक्तिनाथ मन्दिरको झल्को दिने खालको मन्दिर त्रिशूली नदी किनारमा निर्माण हुनेछ । सो स्थानमा मुक्तिनाथ मन्दिरमात्रै नभएर सम्पूर्ण हिन्दु संस्कृति झल्किने खालको...
तनहुँ, १ माघ । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताउनुभयो । कल्पवासी...