धुर्मुस-सुन्तली
अख्तियारमा उजुरी परेपछि धुर्मुस-सुन्तलीको प्रस्टीकरण: केही दिनमै खर्च सार्वजनिक गर्छाैँ
चितवन, ३ माघ । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रस्टीकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको...