निर्वाचन दिवस
नवलपुरमा मतदाता नामावली अध्यावधीकका लागि तीन दिनको समय
कावासोती, ८ फागुन । निर्वाचन आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध तथा अध्यावधिककालागि तिन दिन मात्रै समय दिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्मा भुषालका अनुसार आयोगले संकलित मतदाता नामावलीमा दाबी बिरोध सहित अध्यावधिकका लागि फागनु २० गते देखी फागुन २२ गते सम्म समय तोकेको छ । सो अवधिमा मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउने, दोहोरो नाम भए हटाउने, मृत्यु भएकाको बिवरण हटाउन लगायतका काम...