नेकपा (एमाले)
गैँडाकोट, १९ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले शनिबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट-गैँडाकोट सम्पर्क मञ्चले आयोजना गरेको भेलामा स्थानिय तहको निर्वाचन नजिकिएसंगै पार्टीको बर्तमान अवस्था र निर्वाचनमा पार्टी के कसरी बलियो बनाउने बारेमा छलफल भएको थियो । सो अवसरमा नेकपा एमाले वागमती प्रदेश सदस्य सहदेव लकान्द्री, नेकपा एमाले तनहुँ जिल्ला सचिवालय सदस्य दुर्गा बहादुर थापा, नेकपा एमाले...
काठमाडौं, १७ चैत। नेकपा (एमाले) ले पार्टी आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गरेको छ। यसैअन्तर्गत पार्टीले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको हो । गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालले अन्तरपार्टी निर्देशन (अपानि)मा पार्टीको दीगो आर्थिक स्रोतका लागि यस्तो गर्न लागिएको उल्लेख छ । ‘पार्टीको दीगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने...
काठमाडौँ, ९ चैत । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत...
काठमाडौं, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । ...
काठमाडौं, ७ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको आयु बढीमा एक वर्ष मात्रै रहेको बताएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसद्को चुनाव हुने र चुनावपछि एमालेले वर्तमान सरकारलाई विस्थापित गर्ने दाबी गरे । सत्तारूढ पाँचदलीय गठबन्धनलाई स्वार्थी भन्दै उनले उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि एमालेले नछाड्ने बताए । ‘अब एक वर्षभित्र...
काठमाडौँ, फागुन ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताउनुभएको छ । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टीको अभियानलाई सवैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताउनु भएको हो । अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको...
महोत्तरी, २२ पुस । नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन । केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा प्रतिनिधि चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो कि भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन् । चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पु¥याएका नेताहरूलाइ समेत नसमेटेको भन्दै आलोचना भइरहेका बेला महोत्तरीमा हालसम्म अधिवेशनको तयारी नगरिनुले थप सशंकित...
विराटनगर, २० पुस । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । ...
काठमाडौं, १९ पुस । नेकपा एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो । आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह (महिला),...
काठमाडौं, ३ असार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनले वर्तमान सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी तयारी नगरी गैरजिम्मेवार रहेको देखिएको टिप्पणी गरेको छ । गठबन्धनको तर्फबाट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाको तर्फबाट दुर्गा पौडेलले गरेको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तीमार्फत...