नेपाली कांग्रेस नवलपुर
नेपाली कांग्रेस नवलपुरले शनिबार एकैसाथ ९२ वडामा प्रशिक्षण दिने
नवलपुर, १७ चैत । नेपाली कांग्रेस नवलपुरले “घर घर जाउ कांग्रेस जिताउ” अभियानलाई तिव्रता दिएको छ । अभियान अन्तर्गत कांग्रेसले शनिबार जिल्लाका ९२ वडामा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गरिने बताएको छ । कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले जिल्लाको दुईवटै संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र ८ वटा पालिकामा प्रशिक्षण सप्पन्न गरिसकेको जानकारी दिनुभयो । सचिब पोख्रेलका अनुसार वडामा प्रशिक्षण दिनका लागि जिल्ला कार्यसमितिले प्रतिनिधि तोकिसकेको छ...