नेपाली कांग्रेस
गैँडाकोट, १७ वैशाख । नेपाली कांग्रेस गैँडाकोटले समृद्ध नगरको परिकल्पना गर्दै समुन्नत, सवल र सक्षम गैँडाकोटको नारालाई केन्द्रमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेसले आगामी पाँच वर्षभित्रमा गर्न सकिने कामको शनिबार नगर पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा कांग्रेसले वी.पी. कोइरालाले प्रतिपादन गरेको समाजवादलाई आत्मसात् गर्दै गरीबि मुक्त अभियान सञ्चालन गर्न सहकारी, सामुदायिक वन, खानेपानीलगायत विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरिने उल्लेख...
काठमाडौं, २१ चैत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू मनोनयन गरेको छ । समिति सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल लगायत २८ जनालाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ३ गते महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको थियो । ...
चितवन, चैत २० । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर नछोड्ने निर्णय गरेको छ । आइतबार नारायणढमा बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर नछाड्ने तर अन्य दलसंग भने गठबन्धन गर्ने निर्णय गरेको हो । प्रमुखमा कांग्रेसले उम्मेद्वारी दिएर उपप्रमुख र अन्य सदस्यहरुमा तालमेल गर्न सकिने जिल्ला सभापति राजेश्वर खनालले बताए । जिल्लामा रहेका ७ वटा पालिकाहरुमा छुट्टाछुट्टै संयन्त्र निर्माण गरि तालमेल प्रक्रियालाई अघि बढाइने उनको भनाई थियो । ...
काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले आज (मङ्गलबार) संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् । उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइन् । ...
काठमाडौं, २७, माघ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहमा गठबन्धन स्वीकार गर्न नसक्ने बताएका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्तामा नेता कोइरालाले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए । काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए...
काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य...
महोत्तरी, २० पुस । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ । यता निर्वाचन क्षेत्र नम्बर...
काठमाडौं, १८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने...
काठमाडाैं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिकाे पहिलाे केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएकाे छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले...
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।...