नेपाल विद्युत् प्राधिकरण
बिजुलीको महशुल घट्यो, अब २० युनिटभन्दा कम विद्युत् खपत गर्नेलाई शुल्क नलाग्ने
काठमाडौँ, मंसिर १ । आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई निशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो । सोही व्यवस्थाअनुसार आजबाट मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने...