पंखा सहयोग
कुमारी बैंक लिमिटेडद्वारा जनक नमुना माध्यमिक विद्यालयलाई ४२ थान पंखा सहयोग
गैँडाकोट, १२ फागुन । कुमारी बैंक लिमिटेडले गैँडाकोटको जनक नमुना माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकको गैँडाकोट शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो विद्यालयलाई ४२ थान पंखा सहयोग गरेको हो । विहीबार एक कार्यक्रमको आयोजना गरि बैंकका वागमती प्रदेश प्रमुख विष्णु रेग्मीले विद्यालयका प्रधानाध्यापकलाई नगद एक लाख ३६ हजार रकम बराबरको उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रमुख रेग्मीले विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्ने बैंकको नितीअनुसार नै...