पल शाह
पोखरा, १५ चैत । एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा...
तनहुँ, ९ चैत । नाबालिग बलात्कारको अभियोग लागेका पल शाह र उनका म्यानेजर कृष्ण जोशीबारे जिल्ला अदालत तनहुँमा थुनछेकको बहस जारी छ।अदालतले बुधवार अभियुक्त लगायतकाको बयान सक्काएर थुनछेक बहस सुरु गरेको हो। बहसको क्रममा बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्तासँगै बालिकाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ताहरूले बहस गरेका थिए। राधिका खतिवडा लगायतकाले बहसका क्रममा प्रमाणले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको र उनी धरौटीमा छुटेमा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई...
काठमाडौं । मोडल तथा नायक पुर्ण विक्रम (पल) शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए । पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । ...