पुटिन
युद्ध रोक्न पुटिनले राखे यस्तो शर्त
काठमाडौं, ४ चैत । युक्रेन संकटको बीचमा टर्कीले रुस र युक्रेन दुवै देशसँग मेलमिलाप कायम राखेको छ । यस्तो अवस्थामा यसको केही नतिजा पनि देखिन थालेको छ । बिहीबार दिउँसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनलाई युक्रेनसँगको शान्ति सम्झौताका लागि रुसको वास्तविक मागबारे फोनवार्ता गरेका छन् । बीबीसीका विश्व मामिला सम्पादक जोन सिम्पसनले टर्कीका राष्ट्रपतिका प्रवक्ता तथा सल्लाहकार इब्राहिम कालिनसँग फोन कलको केही मिनेटपछि अन्तर्वार्ता लिएका थिए ।...