पोखरा
विश्वासको मत लिन मनाङबाट पोखरा
पोखरा, असार ४ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्। यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। यसअघि अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मत...