प्रधानमन्त्री शेरबहादुर देउवा

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २२ चैत । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गरेर स्वदेश फर्किएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन् । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो ।...

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत पुगेका थिए । भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । आइतबार विहान नयाँदिल्लीबाट बनारस गएका देउवाले काशी विश्वनाथ मन्दिरमा पुजाअर्चना गर्नुका साथै ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं,१८ चैत ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग भारतीय विदेशमन्त्री जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । प्रधानमन्त्री देउवा ५० सदस्यीय टोली लिएर भारत पुगेका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने...

Not Found