बाइडेन
पुटिनले युद्ध अपराध गरेका छन्, मुद्दा चलाउनुपर्छ : बाइडेन
काठमाडौं, २२ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको बताएका छन् । उनले युक्रेनमा रुसी सेनाले सर्वसाधारणको निर्मम हत्या गरेको भन्दै पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन आह्वान गरेका छन् । युक्रेनको बुचा शहरमा सयौँ निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरिएको भन्दै बाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताएका हुन् । बीबीसीका अनुसार बुचामा भएको आम हत्याको संसारभरबाट निन्दा भइरहेको छ । त्यहाँको...