बिजुली
नवलपरासीमा हावाबाट निकालिएको विद्युत् बन्द : गाउँ नै अँध्यारो
नवलपुर, २२ पुस । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ। हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भइ बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो। एउटा टर्वाइनमा देखिएको समस्याले गाउँवासीले नै निकै समस्या भोग्नुपरेको स्थानीयवासी गमबहादुर रानामगरको गुनासो छ। टर्वाइनको समस्याले विद्युत् आपूर्ति नभएपछि सबैभन्दा...