बुस्टर डोज
काठमाडौं, २८ माघ । नेपालमा फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज प्रदान गरिने भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने बताएका हुन् । उनले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए । बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना...
काठमाडौं, २ माघ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव...