बेलायत
आजदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने
काठमाडौं, १२ फागुन । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ...