बैंक तथा वित्तीय संस्था
गैँडाकोट, १७ फागुन । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम अभाव भएको भन्दै ब्याजदर बढाउन शुरु गरेका छन् । स्थानीय स्तरमा सञ्चालित सहकारी सहितका वित्तीय संस्थालगायत राष्ट्रिय सञ्जाल भएका बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका हुन् । बैंक तथा वित्तीय संस्थासँग विभिन्न कारणले तरलता अभाव भएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी योग्य रकमलाई तरलता भनिन्छ । लगानी गर्नसक्ने रकम नै वित्तीय संस्थाहरुसँग अभाव भएपछि उनीहरु ब्याजदर बढाउन...
काठमाडौं, १४ पुस । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् । लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको...