भरतपुर महानगरपालिका
महानगरपालिकाद्वारा सातवटा सहकारीलाई सहयोग
चितवन, ३ चैत । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई रु पाँच÷पाँच लाख बराबरका तोरी मिल...