भूकम्प
अफगानिस्तानको पश्चिमी क्षेत्रमा भूकम्पः कम्तीमा २६ जनाको मृत्यु
काबुल, ४ माघ । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ । प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्। भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेको पनि प्रवक्ताले उल्लेक गरेका छन् । पहिलो भूकम्पको...