माओवादी
एमाले प्रवेश गरेको एकदिन नबित्दै माओवादीमै फर्किए पित्तबहादुर
धादिङ, २२ चैत । सोमबार मात्र नेकपा एमाले प्रवेश गरेका धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी पार्टी परित्याग गरेर ओलीबाट टिका लगाउँदै एमाले प्रवेश गरेका थिए । तर, उनी आजै पुनः माओवादी केन्द्रमै फर्किएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा...