मिस वर्ल्ड
पोल्याण्डकी क्यारोलिना बेइलावस्का बनिन् मिस वर्ल्ड
काठमाडौं, ३ चैत । पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्काले उपाधि हात पारेकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् । कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका...