मृत्यु
चितवन, ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार...
हेटौँडा, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको हो ।प्रहरीले घटनास्थलको...
नवलपुर, २ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । देवचुली–१५ को धौलागिरी चोकमा भएको सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ४३१९ नम्बरको यात्रुबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख १७२१ नम्बरको ट्रक आज बिहान एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी बसमा सवार रुपन्देहीको...
संखुवासभा, ६ पुस । संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका-३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए । प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए । त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए...