मेयर कप टी ट्वान्टी क्रिकेट
राष्ट्रिय स्तरको प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
नवलपुर, १६ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा राष्ट्रिय स्तरको प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकुद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ थुम्सीमा प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नव जागरण ग्रामीण विकास केन्द्रको आयोजनामा हुने उक्त प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका गरी आठ टिम...