मेयर
चितवन, ३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्।भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। भरतपुर...
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को कावासोती नगरपालिकामा काँग्रेसबाट १ दर्जन बढी मेयर पदको आकांक्षी देखिएका छन्। जिल्लामा नेकपा एमालेले सार्वजनिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको बेला कांग्रेसबाट भने मेयर पदमा उम्मेदवारीको आकांक्षा व्यक्त गर्ने बढ्न थालेका हुन् । नगरभित्रका दुर्गा रिजाल, सुरज गुरुङ, ऋषी कँडेल, सालिकराम ढकाल, हेमु देवकोटा, रामचन्द्र भण्डारी, श्याम श्रेष्ठ, कपिल भुसाल, झपेन्द्रश्वर भुसाल लगायतले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट घुमाउरो पाराले उम्मेदवारको आकांक्षा...