मेलमिलापकर्ता
गैँडाकोट नगरपालिकाको न्यायिक समितिद्वारा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम प्रदान
गैँडाकोट, ३ पुस । गैँडाकोट नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम दिएको छ । यस अघि आधारभुत तालिम लिइसकेका मेलमिलापकर्ताहरुलाई थप जागरुक गराई न्यायिक सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले पुनर्ताजगी तालिम दिएको हो । मेलमिलापकर्ताले मुद्धा छिनोफानो गर्दा समाजमा भाइचाराको सम्वन्ध स्थापित भएको र त्यसलाई अझै शसक्त ढङ्गले लैजानको लागि तालिम प्रदान गरिएको गैँडाकोट नगरपालिका न्यायिक समिति सदस्य सुरेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । सदस्य रेग्मीका अनुसार नगरपालिकामा साढे चार वर्षको अवधीमा...