म्यादी प्रहरी
नवलपुर, १७ चैत । नवलपुरमा म्यादी प्रहरीका लागि मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । एक हजार ३० जनाको आवेदन रहेकोमा ८९ जना फेरी थप गरी १११९ जनाको कोटा रहेको छ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको हो । आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए...
काठमाडौं, ९ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए । पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले...
गैँडाकोट, ५ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुल्ला गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले १ हजार ३० जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता डिएसपी दिलिप कुमार गिरीका अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निःशुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । भर्ना भएका म्यादी...