युक्रेन आक्रमण
युक्रेन आक्रमणमा ५ सय रुसी सैनिकको मृत्यु
रुस, १९ फागुन । रुसले युक्रेनमाथिको आक्रमणका क्रममा आफ्नो तर्फ ५ सय सैनिकको मृत्यु भएको दाबी गरेको छ। आफ्नो सेनामा भएको क्षतिबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार करिब ५०० सैनिकको मृत्यु भएको छ झन्डै १,६०० घाइते भएका छन्। तर विश्लेषकहरूले त्यो संख्या निकै बढी हुनसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ। यद्यपि हताहत हुने सैनिकको संख्याबारे मस्कोले दिएको विवरणबाट रुसी सेनाले युक्रेनको तर्फबाट कडा प्रतिवादको...