युक्रेन

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

काठमाडौं, १७ चैत । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीच भएको कुराकानी क्रममा पनि युक्रेनलाई आवश्यक परेको र अमेरिकाले गर्न...

युद्धविराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

काठमाडौं, २२ फागुन । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसका कारण हजारौं नागरिकलाई सुरक्षित...

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ : नेटो

काठमाडौं, २१ फागुन । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने । उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो...

युक्रेनको राजधानी किएभबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

काठमाडौं, १९ फागुन । रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किएभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किएभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किएभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका बीबीसीले जनाएको छ । रुसले किएभलाई खाली गराउन चाहेको छ। किएभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् । यसैबीच, युक्रेनको बन्दरगाह नगर खेअरसनलाई नियन्त्रणमा लिइएको छ ।...

Not Found