राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ, ९ चैत । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत...

नेपालको ‘राजनीति दुई ध्रुवमा विभाजन’: नेता ढकाल

काठमाडौं, ५ चैत ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताउनुभयो । उहाँले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भन्नुभयो, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।” अब हुने स्थानीय...

नेतृत्वमा महिला पुर्‍याउन अभियान

पोखरा, २ चैत । स्थानीय तहको निर्वाचनको समय घोषणा भएसँगै पोखराका महिलाले ‘नेतृत्वमा महिला अभियान’ लाई तीव्रता दिएका छन् । नारी जागरण अभियान गण्डकीले प्रदेशका विभिन्न जिल्लामा नेतृत्वमा महिला अभियानको सुरुआत गरेको हो । देशमा व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको र महिलाको अस्तित्व र क्षमतालाई अझै पनि विभिन्न बाहानाबाट पछाडि पार्ने काम भएको जनाउँदै नेतृत्वमा महिला अभियान सुरु गरेको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिनुभयो । केसीले भन्नुभयो,“पितृसतात्मक सामाजिक...

टोलटोलमा राजनीतिक गतिविधि

चितवन, २ चैत । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा (एमाले) चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ । फागुन २१...

Not Found