राजेन्द्र लिङ्देन

अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ : लिङ्देन

काठमाडौं, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन्। राप्रपा मोरङद्वारा आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए। उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गरे। विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उनले भने, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ...

स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुगेका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताए । यद्यपि अहिलेसम्म औपचारिकरुपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उनको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख...

नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

काठमाडौं, १४ पुस । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र ः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्...

Not Found